Blog

अफगानिस्तानमा कार बम आक्रमणमा परी बीसको मृत्यु

अफगानिस्तान, ८ असार । अफगानिस्तानको लासकर घा सहरमा आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित एक कार बम आक्रमणमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । रमाजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो ।

यस घटनामा परी कम्ती ५० घाइते भएका उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस आक्रमणको हालसम्म कनै पनि समूहले जिम्मा लिएको छैन् ।

तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्यगरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ ।

यस आक्रमणमा परी २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएका छन्, यी सबै सर्वसाधारण नै रहेका सरकारी प्रवक्ता आमार जवाकले बताएका छन् । साथै मृतकको सङ्ख्या बढ्न सक्ने समेत उहाँले जानकारी दिएका छन् । रासस/एएफपी

The post अफगानिस्तानमा कार बम आक्रमणमा परी बीसको मृत्यु appeared first on Sajha Post.

टीकापुर वडा नं ७ मा नयाँ शक्तिबाट सबै महिला उम्मेदवार

टीकापुर, ८ असार । नयाँ शक्ति नेपालले आसन्न स्थानीय तह निर्वाचनका लागि टीकापुर नगरपालिकाको एउटै वडामा महिला उम्मेदवार मात्रै खडा गरेको छ ।

सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको नयाँ शक्तिले वडा नं ७ मा उपप्रमुख पदसहित बाँकी सबैमा महिलालाई उम्मेदवार बनाएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार उपप्रमुखमा उक्त वडाका केशवती चौधरी, वडाध्यक्षमा कमलादेवी शाह, महिला सदस्यमा बुना चौधरी, दलित महिला सदस्यमा कवितादेवी विक र खुला सदस्यमा सवितादेवी चौधरी र सुस्मिता चौधरीको उम्मेदवारी परेको छ ।

महिलालाई पनि समाजको नेतृत्व दिनुपर्छ भन्ने मान्यताका साथ वडामा सबै महिला उम्मेदवार बनाएको नयाँ शक्तिका टीकापुर नगर संयोजक हरि तिमिल्सेनाले जानकारी गराउनुभयो । “उहाँहरुको समाजसेवा गर्ने उच्च मनोबल देख्यौं,” उहाँले भन्नुभयो – “त्यही भएर सबै महिलालाई उम्मेदवार बनाएका हाँै ।”

उपप्रमुखका उम्मेदवार चौधरीले आफूहरु नेतृत्व गर्न सक्षम भएकाले उम्मेदवारी दिएको बताउनुभयो ।नयाँ शक्तिले सङ्घीय समाजवादीबाट प्रमुख पदमा उठेका गोवद्र्धन विकलाई सघाउने भएको छ ।

The post टीकापुर वडा नं ७ मा नयाँ शक्तिबाट सबै महिला उम्मेदवार appeared first on Etajakhabar.

सुपर न्यादीमा सर्वसाधारणलाई लगानी खुला

बेँसीसहर(लमजुङ), ८ असार । निर्माण सुरु हुनलागेको सुपर न्यादी जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि लगानी खुला गरिएको छ ।

भुलभुले र बाहुनडाँडामा रहेको ङादी खोलामा निर्माण गर्न लागिएको ४०.२७ मेगावाटको सो आयोजनाले प्रभावित क्षेत्र, जिल्लावासी र जिल्ला बाहिरकालाई समेत लगानी खुल्ला गरेको हो ।

आयोजनाले सदरमुकाम बेँसीसहरमा आज भेला आयोजना गरी लगानी खुला गरिएको जानकारी गराएको हो । आयोजना कम्पनीका अनुसार प्रभावित क्षेत्रका स्थानीयवासीले रु एक लाखभन्दा माथि, जिल्लाभित्रकाले रु तीनलाखभन्दा माथि र जिल्ला बाहिरकाले रु पाँच लाखभन्दा माथि लगानी गर्न पाउने आयोजना प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक शैलेन्द्र गुरागार्इंले जानकारी दिनुभयो ।

आयोजनामा लगानी गर्नेले ५० प्रतिशतका दरले दुई किस्तामा रकम बुझाउन सक्ने उहाँले बताउनुभयो । पहिलो किस्ता आगामी भदौ महिनामा र दोस्रो किस्ता २०७५ सालको भदौ मसान्तभित्र बुझाउन सक्ने व्यवस्था मिलाइएको छ । केही महिनाभित्रै वित्तीय व्यवस्थापन गरेर निर्माण सुरु गर्ने लक्ष्य रहेको सो आयोजनामा २०७९ सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने सञ्चालक गुरागार्इंले बताउनुभयो । आयोजना सम्पन्नपश्चात् प्राधिकरणले तोकेको रेटअनुसार वर्षात्को छ महिना अवधिमा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र बाँकी छ महिना आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिद गर्नेछ ।

आयोजना निर्माणका क्रममा ङादी खोलाको ६.८ घनमिटर प्रतिसेकेन्ड पानीलाई ३० मिटर लामो र तीन मिटर उचाइको बाँध बाँधी तीनवटा ओरिफिम भएको तीन मिटर चौडाइ र १.५ मिटर गहिराइ भएको इन्टेक हुँदै ७२ किलोमिटर लामो तथा १८ मिटर चौडाइको बालवा थिग्र्याउने पोखरीमा ल्याइने छ ।

उक्त पानीलाई सुरुङमार्फत बाहुनडाँडाको काफलडाँडामा निर्माण गरिने सर्ज ट्याङ्क हुँदै पेनस्टक पाइपमार्फत तालकुना भन्ने ठाउँमा पावर हाउस निर्माण तथा ६९७.७ मिटर हेड प्राप्त गरी ४०.२७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाको कुल रु ७०० करोड लागत अनुमान गरिएको छ ।

The post सुपर न्यादीमा सर्वसाधारणलाई लगानी खुला appeared first on Etajakhabar.

बसले ठक्कर दिँदा दुई विद्यार्थी गम्भीर घाइते

पोखरा, ८ असार । पोखरा–लेखनाथ महानगरपालिकाको अर्चलबोटमा आज दिउँसो यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् ।

बेनीबाट काठमाडौँतर्फ आइरहेको वा५ख ९५०५ नंको बसले ग१२प ३८२७ नंको स्कुटरलाई ठक्कर दिएको र स्कुटरमा सवार स्याङ्जा पुतलीबजार घर भई माउन्ट अन्नपूर्ण क्याम्पसमा अध्ययनरत शिशिर थापा र रुपेश थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

विन्ध्यवासिनी माध्यमिक विद्यालय वरपाटनमा परीक्षा दिएर कोठातिर फर्कंदै गर्दा उनीहरु सो दुर्घटनामा परेका हुन् ।दुर्घटनापछि आक्रोशित विद्यार्थीले बसमा ढुङ्गामुढा गरी क्षति पु¥याइदिएका छन् ।

The post बसले ठक्कर दिँदा दुई विद्यार्थी गम्भीर घाइते appeared first on Etajakhabar.

सेयर बजारमा सामान्य सुधार

काडमाडौँ, ८ असार । धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ ।नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५५९ बिन्दुमा पुगेको छ । लगातार ओरालो लाग्दै आएको बजार बुधबार र आज भने सामान्य अङ्कले बढेको हो । ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.१५ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कुल १३९ कम्पनीको १५ लाख ७७ हजार ७०७ कित्ता सेयर रु ६७ करोड १८ लाख १९ हजार ८५५ मा कारोबार भएको हो । धितोपत्र बजारमा आज बिमा समूहको मात्रै सेयरको मूल्य घटेको छ । सो समूहको ३३.७५ बिन्दुले सेयर मूल्य घटेको छ । यस्तै बैंकिङ ६.०१, होटल १९.८६, विकास बैंक ११.३६, जलविद्युत् १२.७३, फाइनान्स ३.८४, उत्पादन ३.४९ र अन्य समूह ०.२९ बिन्दुले बढेको छ ।

The post सेयर बजारमा सामान्य सुधार appeared first on Etajakhabar.

चलचित्र ‘रुदाने :  बिद्रोहको नेपाली नाम’को फष्टलुक सार्वजनिक

काठमाडौं – थाहा अभियन्ता तथा राजनीतिज्ञ रुपचन्द्र बिष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने :  बिद्रोहको नेपाली नाम’को फष्टलुक सार्वजनिक गरिएको छ । विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर चलचित्र निर्माण युनिटले बुधबार चलचित्रको फष्टलुक सार्वजनिक गरेको हो । फष्टलुकमा दुई प्रकारका पोष्टर ल्याइएको छ । ति मध्य एकमा रुपचन्द्रको भुमिका निर्बाह गरेका अभिनेता दिब्यदेब अभियान प्रचार गर्दै गरेको अवस्थामा देखिएका छन् । अर्काे पनि अभिनयानको बिभिन्न झल्को दिने खालको सिम्बोलिक रहेको छ ।

रुपचन्द्रको सिङगो जीवन र थाहादर्शनका महत्वपुर्ण पाटाहरु समेटेर चलचित्र निर्माण भएको हो । अमित किसोर सुवेदी र विकाश ढकालको संयुक्त लेखन निर्देशन रहेको चलचित्र दावनल क्रियसनले थाहायात्रासँगको सहकार्यमा निर्माण गरेको हो । यसका निमार्ता जागृत रायमाझी हुन् ।चलचित्रमा रुपचन्द्र विष्टको भूमिका अभिनेता दिब्यदेबले निर्बाह गरेका छन् नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका सय भन्दा बढि कलाकारको समेत चलचित्रमा अभिनय समेटिएको छ ।

वलिउडका छायाँकार शान्ता राओको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको चलचित्रको कथा निर्देशकद्धयले नै तयार पारेका हुन् । बिष्टको बिभिन्न पाटाको चारबर्ष अनुसन्धान पछि चलचित्रको कथा तयार पारिएको हो ।

बर्षको अन्त्यतिर प्रदर्शनमा ल्याइने चलचित्रबाट २००० देखि २०५६ भित्रको देश बुझ्न जो कोहीलाई पनि सजिलो हुने निर्माण पक्षको दाबी छ ।
– रुपचन्द्रको आफु चेला भएको हिसावले उनको जीवनसँग पनि जोडिएकोले ‘रुदाने ः बिद्रोहको नेपाली नाम’ निर्माण गरेको निमार्ता जागृत रायमाझीले बताए ।
– पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्तामाझ किंबदन्तीको रुपमा रहेका रुपचन्दको जीवन र थाहादर्शन सम्बन्धित अनेकौ पाटा बाहिर ल्याउने उदेश्यले चलचित्र निर्माण गरिएको निर्देशक मध्यका एक अमित किसोरले बताए ।
– सधै सत्य बोल्ने र ठिक काम मात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागि उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने हिसावले चलचित्र निर्माण गरिएको अर्काे निर्देशक विकाशले बताए ।

The post चलचित्र ‘रुदाने :  बिद्रोहको नेपाली नाम’को फष्टलुक सार्वजनिक appeared first on Etajakhabar.

पत्रकार महासंघको चुनाव फेरि सर्‍यो


८ असार, काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव फेरि सरेको छ । जेठ ३१ का लागि निर्धारित दोस्रो तरणको स्थानीय चहको चुनाव असार १४ लाई सरेसँगै पत्रकार महासंघको चुनाव पनि

भरतपुरमा पुनः मतदान गर्ने निर्णय कानुनसम्मतः प्रमुख निर्वाचन आयुक्त


८ असार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भरतपुरको वडा न. १९ मा पुनः मतदान गर्ने निर्णय कानुनसम्मत भएको बताएका छन् ।
स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र

राप्रपाका वरिष्ट नेता राणाले प्रधानमन्त्रीलार्इ भेटे


८ असार, काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले बिहीबार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको सो भेटका क्रममा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा

प्रहरीका सई साव वडाध्यक्षका उम्मेदवार

८ असार तेह्रथुम । यस जिल्लामा नेपाल प्रहरीमा नायब निरीक्षक (सई)को रुपमा कार्यरत एक व्यक्तिले जागिर छाडेर स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
म्याङलुङ नगरपालिका–४, पिप्लेमा जन्मिएर नेपाल प्रहरीमा

Powered by keepvid themefull earn money