न्यूयोर्कका नेपाली युवा लेखक थपलियाको विदेशी पत्रपत्रिकामा चर्चा

| प्रकाशित मिति: आइतवार, जेष्ठ २१, २०७४


४ जून, वाशिंगटन डीसी । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक राजन थपलिया विदेशी पत्रपत्रिकामा व्यापक चर्चामा छाएका छन् ।

उनी लेखक भन्दा पाठक भन्न आफूलाई रुचाउने थपलियाको पछिल्लो पुस्तक ‘सत प्रतिशत जीवन’ प्रकाशित भए पछि उनी अमेरिका, क्यानडा र बेलायतमा उनको कितावको चर्चा हुन् थालेको छ ।

उनले आफूले सामाजिक संजाल अनुहार किताब (फेसबुक) मा आफ्नो पुस्तक अत्यधिक रुपमा प्रकाशित भए पछि हर्ष व्यक्त गरेका छन् ।
उनले छापा बिज्ञप्ति मार्फत उनको पुस्तक बारेमा संचार माध्यमलाई प्रकाशन गर्न पठाए पछि बिश्व भर यति बृहत रुपमा जीवनमा पहिलो पटक छ्याप छ्याप्ती भएको हो ।

झन्डै २ सय ५० जति विदेशी संचार माध्यममा प्रकाशित भएको छ भने जीवनमा यतीसम्म गर्न सक्ने आफूलाई बनाउनुलाई पनि मैले एक उपलब्धी ठानेको छु भनि सामाजिक संजालमा लेखेका छन् ।

उनले सवै आˆना समर्थक ,आफुलाई विश्वास गर्ने तथा शुभ चिन्तकलाई कृतज्ञता गयापन समेत गरेका छन् ।

युवा लेखक थपलिया २८ बर्ष नपुग्दै ११ वटा अंग्रेजी पुस्तक लेख्न सफल भएका छन् भने उनका अप्रकाशित पुस्तकहरु समेत जोड्दा २२ वटा भएका छन् ।

उनी खुट्टा चिकित्सा बिज्ञान -फुट मेडिसिन) का विद्यार्थी हुन् भने आफू लेखन लाई नै आˆनो पूर्ण पेशा बनाउने ईक्षा समेत जाहेर गरेका छन् ।

उनको पुस्तक नर्थ क्यारोलिनाको लुलु छापाखानाले प्रकाशित गरेको छ भने उनले आˆनो पुस्तक मार्फत मानिसलाई प्रेरित र जीवन मार्गमा प्रोत्साहन गर्ने छ भन्ने आसयले लेखेका छन् ।

यतै मात्र नभई सारमा पुस्तक प्रत्येक अध्याय मुक्ति ,अस्तित्व र कृतज्ञताका कथा छन् जस्ले हाम्रो हृदय पगाल्ने छ ।

प्रेरणादायक, प्रेरक तथा आत्म आश्रय लेखक हुन् । उनी हफपोस्ट, दि इलाइट डेली तथा दि न्यूयोर्क सिटि पोस्टमा नियमित लेख लेख्दछन ।

NO COMMENTS

LEAVE A REPLY