सन्तानको माया : १६ दिन पहिले मरेकी छोरीसँग पार्कमा घुमफिर

| प्रकाशित मिति: सोमवार, असार ५, २०७४

एजेन्सी, ५ असार । सबै बाबुआमाका लागि आफ्ना छोराछोरी सबैभन्दा प्यारा हुन्छन् । कुनै पनि बच्चाको दुःखद् मृत्यु हुँदा बाबुआमाको संसारमा अन्धकार छाउँछ । उनीहरुको दुःख शब्दमा बयान गर्न सकिदैन ।

यस्तै भएको छ इङल्यान्डको वेस्ट योर्कशायरमा । त्यहाँ बस्दै आएकी २१ वर्षीया केर्लोट जेक्ट आफ्नो गर्भलाई लिएर अत्याधिक खुसी थिइन् । तर बच्चा बसेको बीस हप्तामा उनको बच्चा अस्वस्थ रहेको थाहा भएको थियो । त्यसपछि जन्मेको केहि दिनमै उनकी छोरीको मृत्यु भयो तर, मृत्युको १६ दिनसम्म पनि उनले आफ्नी छोरीको लासलाई आफुसँगै राखिन् ।

उनका पति अटिला र उनी यस कुराले ज्यादै दुःखी भएका थिए । उनीहरुकी छोरी इवलिनलाई जन्मनासाथै भेन्टिलेटरमा राखिएको थियो । जन्मिएको तीन दिन पछि मात्र उनलाई आमाबाबुको हातमा दिइएको थियो । चिकित्सकहरुले बारम्बार उनीहरुलाई इवलीनलाई बचाउन नसकिने कुरा बताउँदा पनि उनीहरुले ४ हप्तापछि उनलाई भेन्टिलेटरबाट निकालेर आफूसँग लगेका थिए ।

यसपछि उनीहरुले आफ्नी मरिसकेकी छोरी इवलीनलाई सँगै लिएर पार्क घुम्न गए र थुप्रै फोटो खिचे । उनीहरुका अनुसार उनीहरुले आफ्नी छोरीसँग समय बिताएकै थिएनन् । त्यसकारण उनको शरीरसँग भएपनि उनीहरुले विभिन्न स्थान घुम्न गएर उनीसँगको समयलाई यादगार बनाउन खोजेका हुन् ।

चिकित्सकहरुले इवलीनको शरीरलाई विशेष किसिमको कडल कोटले ढाकेका थिए । यसैकारण उनको शरीर बिग्रिएको थिएन । उनीहरुले उनलाई ४ दिनसम्म आफ्नो घरमा राखेर आफूले ल्याइदिएको कोक्रोमा सुताएका थिए ।

यति मात्र नभएर उनीहरुले आफ्नी मृत छोरीको लाससँग खिचेको फोटोहरु फेसबुकमा समेत शेयर गरेका थिए । सबैलाई उनीहरुको यो दुःखदायी कथाले मार्मिक बनाएको छ ।

The post सन्तानको माया : १६ दिन पहिले मरेकी छोरीसँग पार्कमा घुमफिर appeared first on Sajha Post.

NO COMMENTS

LEAVE A REPLY