बाढि र लक्ष्मणपुर बाँधका कारण खाद्य अधिकार हनन

| प्रकाशित मिति: बिहिबार, अशोज २६, २०७४

नेपालगन्ज २५ असोज । बाढि र लक्ष्मणपुर बाँधका कारण राप्ती तटिए क्षेत्रका स्थानियको खाद्य अधिकार हनन भएको निष्कर्ष निकालिएको छ । लक्ष्मणपुर बाँध संघर्ष समिती र फियान नेपाल क्षेत्रिय कार्यालयको आयोजनामा नेपालगन्जमा भएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध तथा भारतिय सिमा सडकले पारेका प्रभाव, भएका उपलब्धि तथा बाढिपिडितको दिर्घकालीन समाधान विषययक अन्तक्रियामा सो निष्कर्ष निकालिएको हो ।

अन्तक्रियामा बोल्ने वक्ताहरुले राप्ती नदिको दुबैतर्फ पक्कि तटबन्ध बनाएर दिर्घकालिन उपाय नअपनाएसम्म नदि तटिय क्षेत्रका बासिन्दाको खाद्य अधिकार सुनिश्चित नहुने बताएका थिए ।

सिमा क्षेत्रमा बनाइएको भारतिय बाँधका कारण बाँकेका तिन गाउँपालीकका अधिकांश स्थानिय वर्षेनि क्षति ब्यहोर्दै आएको, राजनितीक दल तथा नेताहरुले भोट माग्ने भाँडोको रुपमा प्रयोग गरेको र भ्रममा राखेर प्रत्येक वर्ष जनता डुबाउने काम गरिरहेको आरोप पिडीतहरुले लगाए ।

पिडितहरुले राहतका लागि स्थानिय तहले संकलन गरेको तथ्यांकमा वास्तविक पिडित छुट्न गएको गुनासो पनि गरेका छन् । सिक्टा सिँचाई आयोजनाको प्रभाव क्षेत्रमा उचित व्यवस्थापन नहुँदा दशौँ बिघाहा जमिनका मालिक पनि सुकुम्बासी बन्न पुगेको दुःखेसो उनीहरुको छ ।

कार्यक्रममा सांसद देभराज भार, बाँकेका सहायक प्रजिअ देवेन्द्र लामिछाने, बाँकेका प्रहरी प्रमुख एसपि टेक बहादुर तमाङ, जिल्ला वन अधिकृत पुष्पराज बर्तौला, रेडक्रसकर्मि, बाढिपिडित, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

फोटो – खगेन्द्र दाहाल

The post बाढि र लक्ष्मणपुर बाँधका कारण खाद्य अधिकार हनन appeared first on Etajakhabar.

NO COMMENTS

LEAVE A REPLY