स्थानियको लापरबाहिले ट्रान्सफर्मर जल्यो

| प्रकाशित मिति: बिहिबार, अशोज २६, २०७४

नेपालगन्ज २६ असोज । बाँकेको खजुरा गाउँपालिका वडा नम्वर ७ वर्दहवाका स्थानियको लापरबाहिका कारण १ सय केभिएको ट्रान्सफर्मर जलेर विद्युत अरुद्ध भएको छ ।

विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख उमेश कुमार झाँका अनुसार स्थानियहरुले लापरबाहिपुर्ण तरिकाले मेन लाईनका दुईवटा तारहरुमा अर्काे तारले जोडेर सर्ट गराउँदा त्यहाँ रहेको टान्सफर्मर जलेको हो ।

ट्रान्सफर्मर जलेपछि दुई दिनदेखि वर्दहवाका १ सय ५० घर विद्युतविहिन भएका छन् । झाँका अनुसार जलेको टान्सफर्मर मर्मत गर्नुपरे कम्तीमा पनि ७० हजारभन्दा बढि खर्च लाग्नेछ । तार सर्ट गराउनेहरुको पहिचान गरि उनीहरुलाई कानुनी कारबाही गरिने झाँले बताए ।

The post स्थानियको लापरबाहिले ट्रान्सफर्मर जल्यो appeared first on Etajakhabar.

NO COMMENTS

LEAVE A REPLY