Blog Page 1776

सरकारलाई एमालेको २४ घण्टे अल्टिमेटम

२७ वैशाख, काठमाडौं।
नेकपा एमालेले दोलखामा भएको कार्यकर्ता हत्याको घटनामा संलग्न सबैलाई गिरफ्तार गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

एमाले प्रचार बिभागले बुधबार काठमाडौमा गरेको पत्रकार सम्मेलनमा एमाले सचिव प्रदिप ज्ञवालीले एमाले नेतृत्वको ९ दलिय गठबन्धनले प्रधानमन्त्रीसमक्ष २४ घण्टाभित्र दोलखाका घटनाका दोषीलाई गिरफ्तार गर्न अल्टिमेटम दिएको बताए ।

निर्वाचन जसरी पनि सम्पन्न गर्नुपर्छ भन्ने अभियानका लागेको एमालेको कार्यकतामाथि भएको आक्रमण निन्दनीय भएको भन्दै उनले एमालेको धैर्यलाई कमजोरी नठान्न चेतावनी दिए । उनले सरकारको नेतत्व गर्ने पार्टी राज्य संरक्षित गुण्डागर्दीमा उत्रदाँ यसले भयावह अवस्था आउन सक्नेतर्फ सचेत समेत गरे ।

The post सरकारलाई एमालेको २४ घण्टे अल्टिमेटम appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.

सावधान ! बच्चाका लागि मोबाइल खतरा

एजेन्सी । यदि तपाईको बच्चालाई स्मार्ट फोनसँग खेल्ने बानी परेको छ भने सतर्क रहुनहोला । बच्चाको यस्तो प्रकारको बानी निद्राको शत्रु हो । वैज्ञानिकहरुको एउटा खोजले यो कुरा पत्ता लगाएको छ कि जुन बच्चा स्मार्टफोन या ट्याबलेटसँग धेरै समय बिताउँछ, उनीहरुलाई अरु बच्चाको तुलनामा कम निद्रा लाग्छ । हालै गरिएको एक अध्ययनका अनुसार अध्ययनमा मोबाइलको स्क्रिनमा बिताएको एक घण्टाले उसको निद्रामा १५ मिनेटको कमी गराउँछ ।

मोबाइलमा गेम खेल्ने बच्चाहरुको दिमाग बढ्ने भनिएपनि त्यसले निद्रामा असर गर्छ । विशेषज्ञका अनुसार यसलाई बुबाआमाले चासो नदिई बस्न भने हुन्न । शोधकर्ताहरु भन्छन्, ‘दिनप्रतिदिन घरमा टचस्क्रीनको संख्या बढिरहेको छ तर यसले बाल्यपनमा पार्ने असरबारे मानिसहरुको बुझाइमा कमी छ ।’

लण्डन युनिभर्सिटीको यो अध्ययनमा तीन वर्षभन्दा कम उमेरका बच्चाहरुको ७ सय १५ अभिभावकलाई प्रश्न सोधिएको थियो
। उनीहरुलाई आफ्नो बच्चा कति समयसम्म स्मार्टफोन या ट्याबलेट खेलाउँछन् र कति समयसम्म सुत्छ भनेर सोधिएको थियो ।
ब्रिटेनमा गरिएको उक्त अध्ययनमा ७५ प्रतिशत बच्चा दिनहुँ टचस्क्रीन प्रयोग गर्छन् र यिनीहरुमा ५१ प्रतिशत मात्र ६ देखि ११ महिना सम्मका छन् ।

अध्ययनको अनुसार जो बच्चाहरु टचस्क्रीनसँग खेल्ने गर्छन्, तिनीहरु रातमा कम र दिनमा बढि सुत्छन् ।

The post सावधान ! बच्चाका लागि मोबाइल खतरा appeared first on Sajha Post.

बम विस्फोटमा दुई बालबालिकासहित सातको मृत्यु

वैशाख – २७ । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा मङ्गलबार सडककिनारमा रहेको एक बम विस्फोट हुँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी तीन महिला र दुई बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीले बुधबार जानकारी दिएका छन् । यस घटनामा मारिएका सबै एक परिवारका सदस्य रहेका बताइएको छ । हेरात प्रान्तको आद्रास्कान […]

The post बम विस्फोटमा दुई बालबालिकासहित सातको मृत्यु appeared first on नेपाल आज.

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै निजी हस्पीटलको उद्घाटन

२७ वैशाख,विराटनग । सरकारी स्रोत्र साधानको दुरुप्रयोग गर्दै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गले मोरङको रंगेली नगरपालिकास्थित सिद्धार्थ टाईम्स हस्पिटल प्रा.लिको उद्घाटन गरेका छन ।

सरकारी स्रोत्र साधानको प्रयोग गर्दै नीजी स्तरको अस्पताल उद्घाटन गर्न स्वास्थ्य राज्य मन्त्री गुरुङ्ग रगेली पुगेका थिए ।

स्थानीय विक्रम मण्डल लगायतको टोलीको लगानीमा सञ्चालनमा ल्याइएको सिद्धार्थ टाईम्स हस्पिटलको स्वास्थ्य राज्य मन्त्री गुरुङ्गलेे रिविन काटेर उद्घाटन गरेका थिए ।

निर्वाचन आचरसहिताले वहालवाला मन्त्रीलाई सरकारी एव नीजी कुनै संरचनाको उद्घाटन गर्न नपाइने उल्लेख छ ।

जिल्ला अस्पताल रंगेलीको अनुगमनमा पुगेको स्वास्थय राज्य मन्त्री गुरुङ्गले सोही अवसरमा सिद्धार्थ टाईम्स हस्पीटल उद्घाटन गरेका हुन ।

उनले पहिला सिद्धार्थ टाईम्स हस्पीटलको उद्घाटनपछि जिल्ला अस्पतला रंगेली पुगेका थिए ।

स्वास्थ्य राज्य मन्त्री गुरुङ्गले अस्पताल उद्घाटपछि भाषण समेत दिएका थिए ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी भक्त भट्टराईले बहालवाल मन्त्रीलाई जिल्ला सदरमुकामसम्म जान अनुमति प्रदान गरेपनि जिल्ला वाहिर जान समेत अनुमति नरहेको प्रष्ट पारे ।

बहालवाल मन्त्रीले निर्वाचन आचरसंहिता लागु भईसकेको अबस्थामा कुनै पनि निजी एव सरकारी कार्यालयको उद्घाटन एव भाषण गर्न बन्देज लगाएको जानकारी दिए ।

कार्यक्रममा सहभागी हुनपनि अनुमति लिनुपर्ने प्रावधान रहेको बताउँदै उनले सदरमुकाम विराटनगरबाहिर रंगेलीमा पुगेर अस्पतालको उद्घाटनमा सरिक हुन निर्वाचन आचरसहिता अनुसार प्रावधानले नमिल्ने बताए ।

मतदानका चार दिनअघि आयोग र प्रमुख दलका शिर्ष नेताबिच छलफल

२७ बैशाख, काठमाडौ ।

निर्वाचन आयोगले प्रमुख दलका शिर्ष नेतासँग अहिले छलफल गरिरहेको छ । स्थानीय तहको निर्वाचनको पहिलो चरणको मतदानको ४ दिनअघि प्रमुख दलका शिर्ष नेतालाई आयोगले छलफलका लागी बोलाएको हो ।

छलफलमा निर्वाचन तयारी, मतदाता शिक्षा तथा निर्वाचन आचारसंहिता लगायतका बिषयमा आयोगका पदाधिकारीले शिर्ष नेताहरुलाई ध्यानाकर्षण गराईरहेको छ ।

छलफलमा प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रतिपक्षि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ्ग, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइ तथा मधेश केन्द्रीत दल र राप्रपाका नेताहरु सहभागी छन ।

The post मतदानका चार दिनअघि आयोग र प्रमुख दलका शिर्ष नेताबिच छलफल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.

प्रचण्डले भने-सरकारले आचार संहिता उल्लंघन गरेको छैन


२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपको खण्डन गरेका छन् ।

सरकारबाटै आचार संहिता उल्लंघन भएको भन्दै विपक्षी दलहरुले आलोचना गरेका छन् । बुधबार निर्वाचन आयोगले गरेको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘आयोगको स्वीकृति लिएर नै निर्णय गरेको छ ।’

उनले दोलखा घटना दु:खद भएको बताए । घटनाबारे अनुसन्धान गर्न भनिएको भन्दै उनले सत्यतथ्य बाहिर आएपछि कारबाहीको प्रक्रिया अघि बढ्ने बताए ।

माओवादी केन्द्रका ८ जना कार्यकर्ता पक्राउ परेको सुनेको भन्दै उनले भने, ‘यो गम्भीर घटना हो । त्यसरी नै हेर्ने विश्वास दिलाउन चाहन्छु ।’

पौने पाँच करोड अवैध रकमसहित ६ चिनियाँ नागरिक पक्राउ

२७ वैशाख, काठमाडौं ।

महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले बिहान पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले काठमाडौँबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका चिनियाहरुबाट अमेरिकी डलर ३ लाख ४९ हजार, युरो ६८ हजार, चिनियाँ युआन १४ हजार ४ सय, जापानी येन ३१ लाख, स्वीस फ्र्यान्क २ हजार २ सय, अस्ट्रेलियन डलर एक हजार ४ सय, स्टर्लिङ पाउण्ड एक हजार एक सय र नेपाली रुपैयाँ २४ हजार ६ सय बरामद गरिएको छ ।

प्रवक्ता कार्कीका अनुसार ती सबै मुद्राको नेपाली रुपैयाँमा हिसाब गर्दा करिब चार करोड ७५ लाख ६० हजार हुन आउँछ ।

The post पौने पाँच करोड अवैध रकमसहित ६ चिनियाँ नागरिक पक्राउ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.

यी हुन् दुई वर्षकै उमेरमा ४० खिल्ली चुरोट पिउने बालक

वैशाख – २७ । केही वर्ष अघि दुई वर्षकै उमेरमा ४० खिल्ली चुरोट पिउने भनेर इन्डोनेसियाका अल्डी रिजाल खुब चर्चामा आएका थिए । इन्डोनेसियाको सुमात्रामा बसोबास गर्ने अल्डीलाई सन् २०१० मा दुई वर्षको उमेरमा चुरोट पिएको दृश्यमा देखिएको थियो । उमेरभन्दा बढि तौल भएका अल्डी साइकलमा बसेर चुरोट पिएको दृश्य भाइरल भएपछि इन्डोनेसियाको सरकारले चुरोट […]

The post यी हुन् दुई वर्षकै उमेरमा ४० खिल्ली चुरोट पिउने बालक appeared first on नेपाल आज.

ओली सरकार रहेको भए मोनोरेलको काम अघि बढिसक्थ्योः विद्यासुन्दर

२७ बैशाख, काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले आफू विजयी भए आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मोनोरेल चढाउने बताएका छन् ।

काठमाडौंमा केपी ओली नेतृत्वको सरकार रहिरहेको भए मोनोरेलको काम धेरै अगाडि बढिसक्ने शाक्यले अनलाइनखबरलाई बताए ।

बुधबार अनलाइनखबरसँगको फेसबुक लाइभ अन्तरवार्तामा एमाले नेता शाक्यले भने- ‘सबै डकुमेन्टहरु तयार भइसकेका छन् । शायद केपी ओलीको सरकार रहेको भए धेरै काम अगाडि बढिसकेको हुन्थ्यो । हाम्रो कार्यकालभित्र मोनोरेलको काम सकिन्छ । सम्पन्न नै हुन्छ । चढ्न नै हुन्छ ।’

एमालेले महानगरपालिकामा जितेको अवस्थामा पाँच वर्षमा धेरै काम गर्न सकिने शाक्यले बताए । ‘पाँच वर्षमा स्थिर सरकार भयो भने धेरै काम गर्न सकिन्छ,’ उनले भने- ‘०४६ सालपछि कांग्रेसले मात्रै बहुमत प्राप्त गर्‍यो । अरु कुनै पार्टीले सकेनन् । एमालेले अल्पमतको नेतृत्वमा सरकार बनाउन पायो, राष्ट्रले चिन्ने गरिकन सरकार चलायो ।’

काठमाडौं महानगरमा ०४९ र ०५४ लाई तुलना गरेर  हेर्न आग्रह गर्दै शाक्यले भने- ‘०४९ मा कांग्रेसले र ०५४ मा हामीले जित्यौं । महसुस हुने गरी, देख्ने गरी परिवर्तनहरु भएका छन् । तर, सोचेजति हुन सकेन, विडम्बना ! त्योबेला हाम्रो पार्टी फुट्यो ।’

अहिले एमाले एक ढिक्का भएको शाक्यले बताए । काठमाडौंमा जीवनराम श्रेष्ठ, केशव स्थापित र अष्टलक्ष्मी शाक्यहरु आफ्नो चुनावी प्रचारमा खटिएकाले एमालेमा कुनै विवाद नरहेको उनले स्पष्ट पारे ।

मोनोरेल आफ्नै कार्यकालमा चलाउने अठोट

एमाले काठमाडौं जिल्ला कमिटीका सचिव समेत रहेका शाक्यले भने- ‘हामीलाई सपनाहरु बाँड्यो भन्ने आरोप पनि लाग्ने गरेको छ, तर, मोनोरेल वर्षभित्रै ल्याउन सकिन्छ । यसका लागि नेपाल सरकार र महानगरपालिकाले अध्ययन सुरु गरिसकेको छ ।’

एमाले नेता शाक्यले काठमाडौं महानगरपालिकालाई जीवन्त र सुरक्षित शहर बनाउने बताए । महानगरपालिका २४ सै घण्टा सुन्ने र जागा राख्ने बनाउने उनले बताए ।

उनले भने- काठमाडौंलाई पर्यटकीय शहर र जीवन्त शहरका रुपमा विकसित गर्नुपर्छ, पुरातात्विक सम्पदालाई पुनर्निर्माण गर्नुपर्छ  ।

एमाले नेता शाक्यले भने- ‘विदेशमा गएर हामी १८ घण्टा काम गर्न सक्छौं, यहाँ पनि राति काम गर्छाैं भन्ने युवाहरुलाई कामको अवसर दिने दायित्व राज्यको हो । हामी उनीहरुलाई सुरक्षाको वातावरण प्रदान गर्छौं ।’

तर, महानगरपालिकाले सबै कुरा आफैं गर्न सक्दैन भन्दै शाक्यले यसमा राज्यको पनि सहयोग चाहिने बताए । यसका लागि केन्द्रमा पनि एमालेले जित्नुपर्ने बताए ।

बैशाख ३१ गते छिटो आओस् भनेर एमाले समर्थकहरुमा अधैर्यता देखिएको भन्दै शाक्यले काठमाडौंमा आफ्नो जीत पक्कापक्की रहेको दाबी गरे ।

‘राप्रपासँग तालमेल नभए पनि जित्थ्यौं’

काठमाडौंमा राप्रपासँग तालमेल नगरेको भए पनि एमालेले एक्लै जित्ने उनले दाबी गरे । ‘हामीले काठमाडौंमा एक्लै जित्न सक्थ्यौं, तर केन्द्रबाटै राप्रपासँग तालमेल भयो, यसले झनै एमालेको जितलाई सुनिश्चित बनाएको छ ।’

आफूहरु राप्रपासँगको तालमेलप्रति इमान्दार रहेको बताउँदै शाक्यले भने- हामीले पनि जित्छौं, राप्रपाका उपमेयरलाई पनि जिताउँछौं ।’

राप्रपासँगको तालमेललाई राष्ट्रवादीहरुको एकताको संज्ञा दिँदै उनले कांग्रेस माओवादीको सरकारमा समेत राप्रपाले सहकार्य गरेको उदाहरण दिए ।

लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन उपराष्ट्रपतिको आग्रह

बुटवल, २७ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धदर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताउनुभएको छ । उहाँले बुद्धदर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपाल र नेपालीका लागि गौरवको विषय रहेको समेत उल्लेख गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले २५६१ आँै बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूलसमारोह कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै बुद्धको पञ्चशीलको सिद्धान्त व्यवहारमा ल्याउन सकेमा मानव जीवन सार्थक हुन्छ भन्नुभयो ।

उहाँले बुद्ध एक महान दार्शनिक हुुनुको साथै बुद्धको शिक्षा जीवनयोगी र अहिले झन् सान्दर्भिक रहेको बताउँदै भन्नुभयो–“बुद्ध दर्शनको महत्व अझै बढेको छ ।”

उपराष्ट्रपति पुनले लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोषले थप कार्ययोजना अगाडि बढाउनु जरुरी रहेको बताउँदै लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामलाई पनि एकैसाथ जोडेर विकास कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो–“बुद्धको दर्शन बुझ्न र बुझाउनको लागि एकीकृत परिचय दिनु आवश्यक छ । बुद्धको जन्मस्थलबारे फैलाइएको भ्रमबारे चिर्न जरुरी रहेको छ ।”

नेपाल सरकारलाई लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन आग्रह गर्दै उहाँले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा पनि १० दिन बस्नसक्ने वातावरण मिलाउन सकेमा लुम्बिनीको पर्यटकीय विकास हुने बताउनुभयो ।

कार्यक्रममा सांसद कमलेश्वर पुरी गोश्वामीले गौतम बुद्धको जन्मस्थल विश्व शान्तिको खोजको लागि गृहत्याग गरेका गौतम बुद्धले विश्वमा शान्तिको दीप जलाएको भन्दै बुद्ध धर्मको विशेष प्रसारप्रसारको खाँचो रहेको बताउनुभयो ।

उहाँले गौतम बुद्धको अहिंसावादी सिद्धान्त सबैले पालना गर्नुपर्ने बताउनुभयो ।

संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले लुम्बिनी क्षेत्रको विकासमा लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र तिलौराकोट, रामग्राम, देवदहलगायतको वृहत्तर गुरुयोजनामा थप क्षेत्रलाई समेत विकास गर्ने योजना अगाडि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“लुम्बिनी क्षेत्रको विकासका लागि बुद्ध परिपथ र बृहत्तर गुरुयोजना अगाडि बढाउने योजना रहेको छ ।” उहाँले लुम्बिनीको पर्यटन विकासमा यहाँ आउने पर्यटकको बसाइँ लम्ब्याउनेको लागि सरकारले बुद्ध परिपथको अवधारणा अगाडि बढाएको र लुम्बिनी क्षेत्रको विकासको लागि सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले नेपाल सगरमाथा र भगवान गौतम बुद्धको देशको रुपमा विश्वले चिन्ने गरेको बताउँदै बौद्ध धर्मको सुत्रपात भएको लुम्बिनीलाई देशले विशेष महत्वपूर्ण स्थानको रुपमा विकास गरोस् भन्नुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले लुम्बिनी विकास कोषमा २५ वर्ष सेवा गरेकी मीना शर्मालाई दीर्घसेवा र अन्य १० जनालाई सम्मान गर्नुभयो ।

कार्यक्रम विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधको अध्यक्षतमा भएको कार्यक्रममा बुद्धको जीवनी झल्काउने नृत्य र झाँकी प्रस्तुत गरिएको थियो ।

उपराष्ट्रपति पुनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर दर्शन गर्नका साथै मायादेवी मन्दिरको बारेमा जानकारी लिनुभएको थियो ।

The post लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन उपराष्ट्रपतिको आग्रह appeared first on Etajakhabar.

Powered by keepvid themefull earn money