Blog Page 2

दोलखा केन्द्र बनाएर फेरी गयो भूकम्प

काठमाडौं । सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४।६ म्याग्निच्यूडको पराकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्पकै पराकम्प भएको बताइएको छ । गोरखा भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिका ४८५ पराकम्प गएको बताइएको छ ।

२०७२ बैशाख १२ गतेको गोरखा भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।

The post दोलखा केन्द्र बनाएर फेरी गयो भूकम्प appeared first on Etajakhabar.

विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो

नयाँ दिल्ली: भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ।

बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ। यसैसँग सम्बन्धित घटनामा परी २५३ को मृत्यु भएको राज्यका एक अधिकारीले जानकारी दिएका छन्।

अधिकारीका अनुसार विहार राज्यको १८ वटा जिल्लाका एक करोड ३० लाख नागरिक बाढीको कारण प्रभावित भएका छन्। विहारका प्रमुख नदीहरु कोशी, महानन्दा, बागमती र गङ्गामा पानीको सतह बढेका कारण बाढीको प्रकोप फैलिएको हो।

सो बाढीबाट सात लाख हेक्टर खेतीयोग्य जमिन पनि नष्ट भएको छ। त्यसैगरी २० हजार झुपडी पनि बाढीले बगाएको छ।

The post विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो appeared first on Etajakhabar.

एनआरएनए घानाको अध्यक्षमा पदम राना निर्बिरोध


२१ अगस्ट, घाना । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति घानाको तेश्रो वाषिर्क साधारणसभा घानाको आकरामा सम्पन्न भएको छ ।
संघका अध्यक्ष मीन मगरको सभापतित्वमा भएको साधारणसभाले वर्ष २०१७-२०१९ का लागि

अख्तियारका कर्मचारीले तलव कटाएर बाढीपहिरो पीडितहरुलाई सहयोग गर्ने


५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुले बाढीपहिरो पीडितहरुका लागि आफ्नो तलव कटाएर आर्थिक सहयोग गर्ने भएका छन् ।
आयोगमा कार्यरत कर्मचारीहरुले श्रेणीअनुसार १ दिनदेखि १५ दिनसम्मको तलब कटाएर

नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु


५ भदौ, काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच हरेक वर्ष सञ्चालन हुने संयुक्त सैन्य अभ्यास सोमबारदेखि सुरु भएको छ ।
Balance Nail 17-5530 नामक सैन्य अभ्यास नेपाली सेनाको श्री महावीर रेञ्जर

माल्दिभ्सलाई हराउँदै नेपाल यू-१५ साफको सेमिफाइनलमा


५ भदौ, काठमाडौं । काठमाडौंमा जारी साफ यू-१५ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सबिरुछ ६-० को शानदार जित हासिल गरेको छ ।
जितसँगै नेपाल समूह बी बाट सेमिफाइनलमा पुगेको छ ।

वर्ल्डलिंकले थाल्यो नेपालमै पहिलो ‘सुरक्षित इन्टरनेट सेवा’


५ भदौ, काठमाडौं । वर्ल्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ ।
यसले अभिभावकहरुलाई वर्ल्डलिंक इन्टरनेट जडानमा कुन इन्टरनेट

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास शुरु

काठमाडौँ, ५ भदौ । नेपाली सेना र अमेरिकी सेनाबीच ब्यालेन्स नेल १७– ५५३० संयुक्त अभ्यासको आजदेखि नेपाली सेनाको श्रीमहावीर रेञ्जर रेजिमेन्ट छाउनीमा शुरु भएको छ ।

उक्त अभ्यास विभिन्न सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकारलगायत विषयमा आधारित रही आगामी असोज २ गतेसम्मसञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यस्ता अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

The post नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास शुरु appeared first on Etajakhabar.

प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै

महोत्तरी, ५ भदौ । गौशाला नगरपालिका–६ फुलकाहास्थित श्रीमावि भेडियाहीमा प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् ।

विसं २०६६ मा सो विद्यालयले माविस्तरसम्म अध्यापन गर्नका लागि अनुमति पाए पनि त्यहाँ मावि दरबन्दीका शिक्षक भने छैनन् । प्राविस्तरका तीन स्थायी शिक्षक, दुईजना राहत, एकजना निजी शिक्षकका भरमा अहिले उक्त विद्यालय सञ्चालनमा छ ।

शिक्षकको पदपूर्ति हुन नसक्दा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी मारमा परेका छन् । शिक्षक अभावका कारण कक्षा ९ र १० का विद्यार्थीलाई एउटै कक्षामा राखेर एकैपटक शिक्षण गराइने गरेको सो विद्यालयका शिक्षक राजकिशोर यादवले जानकारी दिनुभयो । बहुशिक्षण कक्षा चलाएका कारण पठनपाठन प्रभावित बनेको उहाँको भनाइ छ ।

शिक्षकको अभावबारे बारम्बार जिल्ला शिक्षा कार्यालयलाई लिखित रुपमै गराउँदै आएको र अहिलेसम्म आश्वासन मात्र पाएको सो विद्यालयका प्रधानाध्यापक रामएकवाल यादवले बताउनुभयो । शिक्षक अभावका कारण त्यहाँ भर्ना भएका विद्यार्थी गौशाला र सुन्दरपुरका विद्यालय पढ्न जाने गरेका स्थानीयवासी रामबाबु यादवले बताउनुभयो । विसं २०१४ मा सो विद्यालय स्थापना भएको हो ।

The post प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै appeared first on Etajakhabar.

प्रदेश र संसद्को निर्वाचनको तयारी भइरहेको छ: यादव

५ भदौ, राजविराज (सप्तरी) । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले बाढी र पहिरोका कारण प्रदेश नं २ मा यही असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चुनौती थपिएको बताएका छन ।

सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले बाढी पहिरोका कारण देशमा व्यापक धनजनको क्षति भएको र बाढीपीडितको अवस्था अत्यन्त गम्भीर भएकाले सरकार र स्थानीय प्रशासनले छिटो समस्याको समाधान गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

“असोज २ गतेको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा रोकिँदैन,” उनले भने । निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी हुनेुका साथै निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित हुने यादवको भनाइ थियो । प्रदेश र संसद्को निर्वाचनको तयारी भइरहेको र प्रदेश नं २ मा हुने निर्वाचनमा पूर्ण सुरक्षाको व्यवस्था गरिएको उनले बताए ।

उनले सप्तरीलगायत अन्य जिल्लाका बाढीपीडितको अवस्था अनुगमन गरेको उल्लेख गर्दै सञ्चार माध्यमले यसअघि भएको स्थानीय तहको निर्वाचन शान्तिपूर्णमा सम्पन्न गराउन खेलेको भूमिकाको सहराना गरे । मतदाता शिक्षाको कार्यक्रम तथा पत्रकारका लागि समेत मतदाता शिक्षा कार्यक्रम पठाउने बताउँदै निर्वाचन अचारसंहिताको पालना सरकार र राजनीतिक दलबाट भए/नभएको सम्बन्धमा पत्रकारले निगरानी गर्नुपर्ने आग्रह गरे ।

यसअघि प्रमुख आयुक्त डा यादवले सप्तरीको राजनीतिक परिस्थिति एवं निर्वाचनको अवस्था र निर्वाचन सुरक्षाबारे स्थानीय प्रशासनसँग क्षलफल र जानकारी लिएका थिए । रासस

The post प्रदेश र संसद्को निर्वाचनको तयारी भइरहेको छ: यादव appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.

Powered by keepvid themefull earn money