Blog Page 3

उम्मेदवारको इटहरी-सपनाः पूर्वकी रानी, प्रदेश नं १ को राजधानी


उपमहानगरपालिका बन्नु अगाडिसम्म इटहरीले पूर्व-पश्चिम र उत्तर-दक्षिणको सडक जोड्ने ट्रान्जिट शहरको परिचय बनाएको थियो । उपमहानगर बनेपछि यसको भौगोलिक सिमाना फैलिएसँगै स्थानीय क्षेत्रको आवश्यक्ता र नगरवासीको आकांक्षा पनि बढेको छ

भारतबाट भाले गोही ल्याउने तयारी हुदै

चितवन ८ असार । राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एकमात्र भाले घडियाल गोही मरेपछि भारतीय सीमा क्षेत्रबाट भाले गोही ल्याउनका लागि पहल थालिएको छ । भाले गोही मरेसँगै सङ्कटापन्न अवस्थामा रहेको गोहीको प्रजननमा समस्या देखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले कर्णाली नदीमा बर्दियाको सीमा क्षेत्र कतर्निया घाटबाट भाले गोही ल्याउन पहल भइरहेको बताउनुभयो ।

गत महिना भाले गोही मरेसँगै आफूले उत्तर प्रदेश वन विभागका अतिरिक्त सचिव आषिश तिवारीसँग टेलिफोनमा यस विषयमा कुरा गरेको उहाँले बताउनुभयो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले हालसम्म नेपालका नदीमा एक हजार २४६ वटा गोही प्रजनन केन्द्र कसरामा हुर्काएर छाडिएको भए पनि सन् २०१६ मा गणना गर्दा नेपालका नदीमा १९८ वटा गोहीमात्र फेला परेका बताउनुभयो । जसमध्ये राप्ती र नारायणीमा मात्र १६६ वटा गोही फेला परेका थिए ।
गोहीले सामान्यतयाः ३० देखि ३२ डिग्री सेन्टिग्रेडको तापक्रममा अन्डा पार्ने गर्छ । प्रमुख संरक्षण अधिकृत कँडेलले भन्नुभयो – “३१ दशमलव ६ डिग्रीमा पारिएका अन्डाबाट केही भाले निस्कने भए पनि तापक्रम तलमाथि भएमा पोथीमात्रै निस्कने गर्छ ।” त्यो तापक्रम मिलाउन आफँैमा कठिन हुने भएकाले पनि पोथीमात्र कोरल्ने गरेको उहाँले बताउनुभयो ।

The post भारतबाट भाले गोही ल्याउने तयारी हुदै appeared first on Etajakhabar.

एकै पदका लागि बुबाछोरा र दाजुभाइ लड्दै

बैतडी, ८ असार । बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुबाछोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् ।

डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली काँग्रेसबाट र लोकेन्द्रबहादुर राना (शीतलले) नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् । नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताउनुभयो । दुवै भाइले एकैपदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्न समस्या भएको छ ।

यस्तै पुरचौडी नगरपालिका–७ मा वडाध्यक्ष पदका लागि बुबाछोराले अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नागी साउँद (बुबा) नेकपा एमालेबाट र उज्ज्वल साउँद (छोरा)ले नेकपा (माओवादी केन्द्र)बाट वडा अध्यक्ष पदका उम्मेदवारी दर्ता गराएका हुन् । आफूहरुको अलगअलग राजनीतिक विचार भएकाले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउँदले बताउनुभयो ।

माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका उज्ज्वल साउँदले उम्मेदवारी दर्ताका विषयमा बुबासँग कुनै छलफल नभएको बताउनुभयो । बुबाछोरा अलगअलग पार्टीबाट एकै पदका लागि चुनावी मैदानमा लड्ने भएपछि परिवारका अन्य सदस्यलाई भोट हाल्न समस्या भएको छ ।

The post एकै पदका लागि बुबाछोरा र दाजुभाइ लड्दै appeared first on Etajakhabar.

एकै पदमा बुबाछोरा र दाजुभाई भिड्दै

८ असार, बैतडी ।

बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुबाछोरा र सहोदर दाजुभाइ भिड्दै छन् ।

डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली काँग्रेसबाट र लोकेन्द्रबहादुर राना शीतलले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् ।

नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताए । दुवै भाइले एकैपदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्न समस्या भएको छ ।

यस्तै पुरचौडी नगरपालिका–७ मा वडाध्यक्ष पदका लागि बुबाछोराले अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नागी साउँद (बुबा) नेकपा एमालेबाट र उज्ज्वल साउँद (छोरा)ले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवारी दर्ता गराएका हुन् ।

आफूहरुको अलगअलग राजनीतिक विचार भएकाले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउँदले बताए ।

माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका उज्ज्वल साउँदले उम्मेदवारी दर्ताका विषयमा बुबासँग कुनै छलफल नभएको बताए । बुबाछोरा अलगअलग पार्टीबाट एकै पदका लागि चुनावी मैदानमा उत्रेपछि परिवारका अन्य सदस्यलाई भोट हाल्न समस्या भएको छ ।

The post एकै पदमा बुबाछोरा र दाजुभाई भिड्दै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.

मोरङमा काँग्रेस उम्मेदवारको निधन

उर्लाबारी (मोरङ), ८ असार । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार बनेका मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ ।

छपन्न वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको हो । भण्डारी चुनावी घरदैलो कार्यक्रममा हिँड्ने क्रममा चार÷पाँच दिनदेखि नै बिरामी रहेको र आज बिहान झापाको दमकमा उपचार गराएर फर्कने क्रममा बाटोमै मृत्यु भएको सो वडामा काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका जङ्ग तामाङले जानकारी दिनुभयो ।

विसं २०४६ देखि नै नेपाली काँग्रेसमा आबद्ध भण्डारी स्थानीय सामाजिक सङ्घसंस्थामा पनि आबद्ध हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी छन् । क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले सो वडाका लागि पुनः मनोनयन दर्ता गरिने बताउनुभएको छ ।

The post मोरङमा काँग्रेस उम्मेदवारको निधन appeared first on Etajakhabar.

भरतपुर प्रकरणमा पुनः निर्वाचन गर्ने निर्णय ठिक छ : निर्वाचन आयोग

८ असार, काठमाडौं ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्णय उपयुक्त भएको बताएको छ । काठमाडौमा राष्ट्रिय निर्वाचन पर्यवेक्षक अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भरतपुर प्रकरणमा आयोगले गरेको निर्णय ठीक र कानून सम्मत भएको बताए ।

तर उक्त विषय सर्वोच्चमा पुगिसकेकाले अव अदालतको फैसला अनुसार नै अघि बढ्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा निर्वाचन आयोग सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचलेको प्रमुख आयुक्त यादवले बताए । आयोग कानून भित्रै रहेर आफ्नै ढंगले चलेको उनको भनाई थियो ।

प्रमुख आयुक्त यादवले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने प्रत्येक मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपागं र अशक्तलाई बिशेष प्राथमिकता दिन निर्देशन दिएको जानकारी दिए ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक नियोगका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सरकार निरकुंस बन्दै गएको आरोप लगाए । भरतपुर प्रकरणका बिषयमा निर्वाचन आयोग समेत निरिह देखिएको उनको आरोप थियो ।

The post भरतपुर प्रकरणमा पुनः निर्वाचन गर्ने निर्णय ठिक छ : निर्वाचन आयोग appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.

दाङमा माओवादीको प्रचार आक्रामक, चुनावमा हुने आर्थिक चलखेल रोक्ने दाबी


८ असार, घोराही । नेकपा माओवादी केन्द्र दाङले जिल्लामा तेस्रो चरणको प्रचार अभियान शुरु गरेको छ । माओवादीले अब चुनावमा हुनसक्ने आर्थिक चलखेललाई रोक्ने निर्णय पनि गरेको छ ।
माओवादीले दाङमा

प्रमुख पदमा ७ महिला उम्मेदवार चुनावी मैदानमा

भीमदत्तनगर, ८ असार । कञ्चनपुरका नौवटा स्थानीय तहको निर्वाचनमा सातजना महिला प्रमुख पद हात पार्न चुनावी मैदानमा उत्रिएका छन ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको कञ्चनपुरमा चारवटा नगरपालिकाको प्रमुख पदमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएर महिला नेत्रीहरु चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरमा साङ्गठनिक रुपमा कमजोर देखिएका दलहरुले महिलालाई प्रमुख पदमा टिकट दिएरअघि सारे पनि प्रमुख दलहरुले पनि प्रायः सबै तहमा महिला उम्मेदवारलाई उपप्रमुख र उपाध्यक्ष पदमा सीमित राखेका छन् ।

यहाँको जेठो भीमदत्तनगरपालिकाको प्रमुख पदमा राष्ट्रिय जनमोर्चाले मञ्जु दमाईंलाई प्रमुख पदमा उठाएको छ । त्यसैगरी, नेकपा (माले)बाट पनि भीमदत्तनगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार धौलीदेवी मल्ल (सिंह)ले उम्मेदवारी दिएर चुनावी माहोल तताइरहनुभएको छ ।

त्यसैगरी नयाँ शक्ति पार्टी नेपालले भीमदत्तनगरमा महिला नेत्री मायाँ नेगीलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । महाकाली नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले नन्दा खत्रीलाई प्रमुख पदमा उतारेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्लाफाँटा नगरपालिकामा कलावतीदेवी ऐरलाई प्रमुख पदमा टिकट दिएर चुनावी घरदैलोलाई तीव्रता दिनुभएको छ । शुक्लाफाँटा नगरपालिकामै नयाँ शक्ति पार्टीले कमला भट्टलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । नयाँ शक्तिले यहाँको दक्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा सत्यादेवी चापागार्इंलाई प्रमुख पदको उम्मेदवार बनाएको छ । प्रमुख पदमा महिला उम्मेदवार बनाउने दलमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी अग्रस्थानमा देखिएको छ ।

नयाँ शक्ति पार्टीबाट भीमदत्त नगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहनुभएका मायाँ नेगीले भीमदत्तमा पार्टीको सङ्गठन कमजोर रहे पनि मतदाता नयाँ शक्तिप्रति आकर्षित रहेको बताउनुभयो । “चुनावमा होमिएको कान्छो पार्टी भएकाले सङ्गठन बन्ने क्रममा छ,” नेगीले रासससँग भन्नुभयो – “नयाँ शक्तिलाई नै नयाँ विकल्पका रुपमा बुझेका मतदाताबाट राम्रै सहयोग पाउनेमा आशावादी छु ।”

निर्वाचनबारे मुलुकभर चर्चा भइरहँदा प्रमुख पदमा उम्मेदवारी दिएको महिलाका विषयमा सञ्चारमाध्यमले स्थान नदिएको उहाँले गुनासो पोख्नुभयो ।

“महिलाले पनि भूमिका पाए निर्वाह गर्न सक्छन् भन्ने कुरो हाम्रो पार्टीले बुझेकाले नै यहाँ धेरै नगरका महिलालाई स्थान दिएको हो” – नेगीले भन्नुभयो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शुक्लाफाँटा नगरपालिकाको प्रमुख पदमा चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका कलावतीदेवी ऐर पाकापुस्ता आफ्नो पक्षमा रहेको दाबी गर्नुहुन्छ ।

विसं २०४९ मा झलारी गाविसको पूर्व उपाध्यक्षसमेत रहिसक्नुभएका ऐरले विगत दुई महिनादेखि चुनावी घरदैलोलाई तीव्रता दिनुभएको छ । विसं २०७० सालको संविधानसभाको निर्वाचनमा समेत राप्रपाबाट क्षेत्र नं २ बाट निर्वाचन लड्नुभएका ऐरले मतदाताले हिन्दुत्वका कारण पनि मत दिने आशा प्रकट गर्नुभयो ।

काँग्रेस, एमाले र माओवादी केन्द्रको सङ्गठन जिल्लामा बलियो रहेकाले साना दलहरुबाट प्रमुख पदको टिकट पाए पनि महिला उम्मेदवारलाई निर्वाचनमा विजयी हासिल गर्न भने सहज देखिँदैन । काँग्रेस, एमाले र माओवादीमा भने महिलालाई केही नगरको प्रमुख पदमा उम्मेदवार दिने चर्चा चले पनि अन्ततः उपप्रमुखमा सीमित हुनपुगे । एमालेबाट टिकट वितरणका बेला भीमदत्तको प्रमुखमा नन्दादेवी धामीको नाम जिल्लाबाट सिफारिस भएको थियो । तर प्रमुख पदमा सुरेन्द्र विष्टले टिकट पाए भने काँग्रेसमा पनि भीमदत्तको प्रमुखमा केही समयसम्म मधु भारतीको चर्चा चले पनि त्यो सेलाएर गयो ।

महिलालाई प्रमुख पदमा प्रमुख दलहरुले उम्मेदवार नबनाएकाप्रति अधिवक्ता पुनम चन्दले असन्तुष्टि जनाउनुभयो । “महिलाहरु अझै पनि नेतृत्व र निर्णायक तहमा पु¥याउन ठूला दलहरुले आनाकानी गरेको देखियो,” अधिवक्ता चन्दले रासससँग भन्नुभयो – “उपप्रमुख पनि महिलाले दयामायाले भन्दा पनि कानुनी व्यवस्थाका कारण पाएका हुन् ।” कानुनले प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य गरेपछि ठूला दलले उपप्रमुखमा महिलालाई बाध्य भएर टिकट दिनुपरेको उहाँको भनाइ थियो ।

टिकट वितरणका बेला कञ्चनपुरका नौवटा तहमध्ये तीनवटा नगरपालिकामा प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन आग्रह गरिए पनि बेवास्ता गरिएको चन्दको भनाइ छ ।

The post प्रमुख पदमा ७ महिला उम्मेदवार चुनावी मैदानमा appeared first on Etajakhabar.

अस्ट्रेलियामा हुने ‘फुटी’ मा नेपाली समुदाय सहभागी हुने


२२ जुन, एडीलेड । साउथ अस्ट्रेलियन नेशनल फुटबल लिगले आयोजना गरेको बहुसांस्कृतिक महिना बिशेष कार्यक्रममा साउथ अस्ट्रेलियाका नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन् ।
यहाँ रहेका विभिन्न बहुसांस्कृतिक समुदायलाई अस्ट्रेलियाको

भोली आधा घण्टा त्रिभुवन विमानस्थल पूर्ण रुपमा बन्द हुने

८ असार, काठमाडौं ।

नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल भोली आधा घण्टाका लागिबन्द हुने भएको छ । भोली दिउँसो साढे ४ बजेदेखि ५ बजेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पूर्ण रुपमा बन्द हुन लागेको हो ।

जसका कारण भोली त्यो अवधिमा सबै विमान उडान र अवतरण पूर्ण रुपमा बन्द हुनेछ ।

हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको नियम अनुसार अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थहरुले पूर्ण रुपले आकस्मिक अभ्यास गर्नुपर्ने भएकोले आधा घण्टाका लागि विमानस्थल बन्द गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ ।

उडान र अवतरण गर्ने क्रममा कारणवस कुनै जहाजको दूर्घटना भयो भने त्यसलाई कसरी उद्धार गर्ने भनेर अभ्यास गर्नका लागि यस्तो गर्न लागिएको हो ।

The post भोली आधा घण्टा त्रिभुवन विमानस्थल पूर्ण रुपमा बन्द हुने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.

Powered by keepvid themefull earn money