Blog Page 876

आमिर खानको ‘दंगल’ले चीनमा बनायो यो किर्तिमान

एजेन्सी । बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘दंगल’ चीनमा शुक्रबार रिलिज भएको छ । दंगल चीनको लगभग ९ हजार स्क्रिन्समा रिलिज भएको छ । ‘दंगल’ चीनमा सबैभन्दा बढी हलमा रिलिज भएको पहिलो भारतीय फिल्म बनेको छ । आमिर खानको चीनमा पनि धेरै फ्यान भएका कारण त्यहाँ फिल्म रिलिज गरिएको बताइएको छ ।

यसअघि आमिर खानको ‘थ्री इडियट्स’ ले २०११ मा चीनको बक्स अफिसमा लगभग १२ करोड कमाएको थियो । २०१५ मा ‘पीके’ले चीनी बक्स अफिसमा ११० करोड व्यापार गरेको थियो ।

चीनमा लगभग ४० हजार फिल्म हल छन् जसमा आमिरको यस फिल्मले ९ हजार हल पाउनु नौलो भने होइन । चीनमा सबैभन्दा बढी हल पाउने पहिलो भारतीय फिल्म ‘दंगल’ बनेको छ । ‘दंगललाई’ चीनमा शुआई जीयाओ बाबा’ नाम दिएर रिलिज गरिएको छ ।

The post आमिर खानको ‘दंगल’ले चीनमा बनायो यो किर्तिमान appeared first on Sajha Post.

१ करोडमा एक जनालाई मात्र लाग्छ यो अनौठो रोग : जतिबेला पनि आँखा र कानबाट निस्किन्छ रगत, छैन कुनै उपचार

एजेन्सी । थाइल्याण्डको नोंगखघईमा बस्ने फाकेमद संगचई नामकी १४ वर्षीया किशोरीले आफ्नो जीवनमा कल्पना नै नगरेको रोगसँग अहिले संघर्ष गरिरहेकी छिन् । उनको शरीरका विभिन्न अंगहरुबाट जुनसुकै बेला पनि रगत निस्किन्छ ।

ति किशोरीको यो अनौठो रोग चिकित्सकहरका लागी पनि नयाँ हो र यो समस्याको समाधान कुनै डाक्टरसँग पनि छैन । अन्तराष्ट्रिय संचार संस्थाहरका अनुसार उनको नाक, कान, आँखालगायतका जुनसुकै अंगबाट अकस्मात रगत निस्किन्छ ।

चिकित्सकहरका अनुसार यस्तो समस्या १ करोडमा एक जनालाई मात्र हुन्छ । फाकेमदले यो समस्या सामाजिक संजालमा शेयर गरेपछि उनी माथी सहानुभूति बढानेको संख्या ह्वात्तै बढेको छ ।

The post १ करोडमा एक जनालाई मात्र लाग्छ यो अनौठो रोग : जतिबेला पनि आँखा र कानबाट निस्किन्छ रगत, छैन कुनै उपचार appeared first on Etajakhabar.

तिनवटा ग्रामीण बस्तीमा खानेपानी एकै साथ आयोजना निर्माण

म्याग्दी (बाबियाचौर), २३ वैशाख । म्याग्दीको तिनवटा ग्रामीण बस्तीमा एकै साथ खानेपानी आयोजना निर्माण भएको छ ।

जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएको आयोजनाबाट एक सय भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका– ६ घारमा बिरौटा, मङ्गला– २ तल्लो हिदीमा पात्लेपानी र मालिका– ४ ओखरबोटमा खालखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको परियोजनाले जनाएको छ ।

एक करोड १६ लाख ७५ हजार १४५ रुपैयाँको लागतमा निर्माण भएको तिनवटा आयोजनाबाट एक सय १९ घरधुरीका सात सय ७३ जनसङ्ख्या लाभान्वित भएका परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यसै महिना सञ्चालनमा आएका तिनवटै आयोजनामार्फत प्रभावित क्षेत्रका सबै उपभोक्ताको घरमा निजी धारा जडान भएको छ । परियोजना, जिल्ला समन्वय समिति र गाउँपालिकाको अनुदान सहयोगमा उपभोक्ताले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।

उपभोक्ताले कुल लागतको ३५ प्रतिशत श्रमदान गरेका छन् । सार्वजनिक धारा र असुरक्षित मुहानको पानी खानेपानी उपभोग गर्दै आएका सर्वसाधारणको घरमै धारा जडान भएपछि समयको बचतसँगै दैनिकी सहज भएको बिरौटा खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ठाकुर बरुवालले बताउनुभयो ।

उहाँकाअनुसार पानीको मितव्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि मिटर जडान तथा मासिक न्युनतम शुल्क निर्धारण गरिएको छ । परियोजनामार्फत म्याग्दीमा थप चारवटा खानेपानी आयोजना निर्माणाधिन छन् ।

The post तिनवटा ग्रामीण बस्तीमा खानेपानी एकै साथ आयोजना निर्माण appeared first on Etajakhabar.

देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नु अघि प्रचण्डको शर्त

२३ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्न दुई शर्त अगाडि सारेका छन् । सहमति अनुसार जेठ पहिलो साता प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नु अघि प्रचण्डले दुई शर्त अगाडि सारेका हुन् ।

प्रचण्डले जेठ १५ गते बजेट र जेठ ३१ गतेको निर्वाचन आफ्नो नेतृत्वको सरकारले गर्नुपर्ने अडान राहेका छन् । तर देउवाले स्वीकार गरेका छैनन् ।

प्रचण्डले कांग्रेसको चाहना अनुसार नै बजेटमा विषयहरु समावेश गर्ने गरी बजेट ल्याउने तयारी  गरेको प्रचण्डको सचिवालयले बताएको छ । सचिवालयका एक सदस्यले भने,‘सर्वोच्च अदालतको फैसला निर्वाचन लगायतको विषयमा अहिले सरकार परिवर्तन गर्दा राम्रो सन्देश जादैन, दुई जना साना पार्टीले सरकारको समर्थन फिर्ता लिए मात्र सरकार ढल्छ त्यसैले अहिलेकै सरकारलाई जेठ ३१ गतेसम्म निरन्तरता दिउ ।’

प्रचण्डले हिजोबाट सरकारको आयु लम्ब्याउने गरी गृहकार्य अगाडि बढाएका छन् । जुन प्रस्तावमा देउवाले पार्टीभित्र छलफल गर्नुपर्ने बताएका छन् ।

कांग्रेसले भने आफ्ने नेतृत्वको सरकारले बजेट ल्याउनु पर्ने अडान राख्दै आएको छ । निर्वाचन आयोगले जेठ १५ गते बजेट नल्याउने पत्राचार गरेपनि संविधान अनुसार सरकारले जेठ १५ मा नै बजेट ल्याउने भएको छ । बजेट सार्नको लागि संविधान संशोधन गर्नुपर्ने र त्यो गर्नको लागि दुई तिहाई बहुमत चाहिने अवस्था रहेकाले सरकारले जेठ १५ मा नै बजेट ल्याउने तयारीमा रहेको प्रचण्डको सचिवालयले बताएको छ ।

The post देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नु अघि प्रचण्डको शर्त appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.

जेलबाट सयभन्दा बढी कैदी फरार

Open the prison door lock close up

एजेन्सी । इन्डोनेसियाको सुमात्रास्थित एक जेलबाट १ सयभन्दा बढी कैदी फरार भएका छन् । शुक्रबार नमाजका लागि जेलबाट बाहिर निकालिएका कैदीमध्ये करिब दुई सय जना भागेको बताइएको छ । तीमध्ये करिब एक तिहाईलाई पुनः पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

कैदीले खचाखच भरिएको जेलबाट भागेका कैदीहरुको फुटेज स्थानीय एक टेलिभिजन च्यानलले प्रसारण गरेको छ । कानुन मन्त्रालयका एक अधिकारीले बताए अनुसार ३ सय कैदी राख्ने क्षमता भएको जेलमा १ हजार ९ सय कैदी राखिएको थियो ।

जेलको सुरक्षाका लागि भने जम्मा ६ जना मात्र सुरक्षा गार्ड तैनाथ थिए । ठूलो संख्यामा कैदी फरार भएपछि सरकारले थप सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरीले शहरका मुख्य नाका बन्द गरेर फरार कैदीको खोजी तीव्र पारिएको बताएको छ ।

The post जेलबाट सयभन्दा बढी कैदी फरार appeared first on Sajha Post.

तार व्यस्थापन गर्दै काठमाडौं महानगरपालिका


२३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम सुरु गरेको छ ।

अहिलेसम्म त्रिपुरेश्वर, कमलादी र कमलपोखरीका खम्बाका अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापन सुरु गरिएको कामपा, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार तार व्यवस्थापनका क्रममा अहिलेसम्म कामपाले १५ ट्रक अव्यवस्थित तार निकालेर टेकुमा सङ्कलन गरिसकेको छ ।

यसरी जथाभाबी तार छरिएर रहँदा सहर कुरुप हुनाका साथै आगलागीको समस्यासमेत उत्पन्न हुने हुँदा कामपाले यस्तो अभियान सुरु गरेको हो । व्यवस्थापनकै क्रममा कामपाका प्रतिनिधिले अव्यिवस्थित रुपमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायक केही कम्पनीलाई कारबाही गरेको छ ।

ती कम्पनीलाई कारबाहीस्वरुप र २०/२० हजार जरिवानासमेत गरिएकोे छ । जथाभाबी रुपमा सडकलाई कुरुप बनाउन खोज्ने अन्यलाई पनि कामपाले यस्तो नगर्न चेतावनी दिएको छ ।

पछिल्लो समय कामपाले नमिलेको तार मिलाउने र अनावश्यक काट्ने, र फाल्ने तथा सडकमा रहेको धुलो राती पानीले पखाल्नेजस्ता कार्यलाई तीव्र रुपमा अघि बढाएको छ ।

रेणु दाहालको मामा घर अगाडी राखिएको पेट्रोल बम निष्क्रिय

चितवन, २३ वैशाख । भरतपुर महानगरपालिका–१० स्थित स्याउलीबजारमा आज बिहान पेट्रोल बम भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्याउलीबजारस्थित हेमराज पौडेलका घरबाट दुई सय मि अगाडि खाली चौरमा बम भेटिएको हो । बम प्रहरीले निष्क्रिय गरेको थापाले जानकारी दिनुभयो । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का तर्फबाट महानगरपालिका प्रमुखको उम्मेदवार रहनु भएकी रेणु दाहालको मामा पौडेलका घरमा रोकिराखिएको बा ११ च ९०३० नंको गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

यस्तै निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका १३ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये नौ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

The post रेणु दाहालको मामा घर अगाडी राखिएको पेट्रोल बम निष्क्रिय appeared first on Etajakhabar.

दमास्कस क्षेत्रमा एह हप्तामा एक सय उनान्सत्तरी जनाको मृत्यु

बेरुत-  सिरियाको राजधानीबाट पूर्वमा रहेको घाउटा क्षेत्रमा भएको आन्तरिक द्वन्द्वका घटनामा बितेको एक हप्ताको समयमा १६९ जनाको मृत्यु भएको यहाँको सिरियाली अनुगमन समूहले जनाएको छ ।

गत अप्रिल २८ मा सुरु भएको इस्लामिक स्टेट (आईएस) समूह तथा पूर्व अलकायदा समूहसँग आवद्ध फतेह अल साम फ्रन्ट र सहयोगी फेलाक अल रहमान समूहबीच सशस्त्र झडप हुँदा १५६ जना लडाकूका साथै १३ जना सर्वसाधारणको मृत्यु भएको सिरियाली मानवअधिकारवादी सङ्गठनले जनाएको छ ।

मृतकमध्ये ६७ जना आईएसका सैन्य लडाकू रहेकोसमेत उक्त संस्थाले जनाएको छ ।

इद्यपि उक्त स्थानमा पछिल्ला दिनमा स्थिति सामान्य बनिसकेको पनि बताइएको छ । यो क्षेत्र सिरियाली सरकारद्वारा विद्रोही विरुद्धको कारबाहीका लागि विशेष निगरानी क्षेत्र हो ।

The post दमास्कस क्षेत्रमा एह हप्तामा एक सय उनान्सत्तरी जनाको मृत्यु appeared first on Etajakhabar.

काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ : नेता सिंह

काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधानको रक्षाका लागि स्थानीय निर्वाचन आवश्यक रहेको भन्दै स्थानीय तहको निर्वाचनसँगै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले मुलुकलाई शान्ति र समृृद्धिको मार्गमा अगाडि बढाउन नेपाली काँग्रेसको भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।

The post काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ : नेता सिंह appeared first on Etajakhabar.

देजमोका उम्मेदवारहरुको पक्षमा मतदान गर्न जनसमुदायमा क्रान्तिकारी माओवादीको आव्हान !

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले जनसमुदायको नाममा एक अपील जारी गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुको पक्षमा मतदान गर्न सार्वजनिक आव्हान गरेको छ । पार्टीका अध्यक्ष मोहन वैद्य‘किरण’ले २३ बैशाखमा एक अपील जारी गर्दै यस्तो आव्हान गरेका हुन् । मोर्चाले स्थानीय तहको निर्वाचनमा क्रान्तिकारी उपयोगको नीतिसहित सहभागी बनेको छ । पहिलो चरणको निर्वाचनमा मोर्चाका उम्मेदवारहरुले अधिकांश जिल्लामा उम्मेदवारी दिएका छन् ।

यस्तो छ अपीलको पूर्णपाठ :

देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारहरुको पक्षमा मतदान गर्न

जनसमुदायमा हार्दिक आह्वान !

आदरणीय जनसमुदाय,
अहिले पुरानो राज्यसत्ता र संसदीय व्यवस्था अन्तर्गत स्थानीय निर्वाचन हुन गइरहेको छ । यस निर्वाचनमा हाम्रो पार्टीले भाग नलिएता पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललाई समर्थन गर्ने नीति लिएको छ । त्यस अनुसार सो मोर्चाका उमेदवारहरुको पक्षमा मतदान गर्नका लागि हाम्रो पार्टी मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, पिछडिएका क्षेत्र तथा बुद्धिजीवीसहित सम्पूर्ण उत्पीडित वर्ग र जनसमुदायसित हार्दिक अनुरोध गर्दछ ।

नेपाली जनताले देशमा विद्यमान सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादद्वारा हुँदैआएका उत्पीडन, दमन तथा प्रभुत्वको अन्त्यगरी राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि धेरै रगत र पसिना बगाए । ठूलो संख्यामा सहादत प्राप्त गरे, कैयौं राज्यद्वारा वेपत्ता पारिए, कैयौं घाइते अपाङ्ग बने । परन्तु, जनतालाई वर्गीय आत्मसमर्पणवादी, राष्ट्रघाती तथा जनघाती तत्व र दक्षिणपन्थी संशोधनवादी नेताहरुले धोका दिए । फेरिपनि दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको राज्यसत्ता र संंसदीय व्यवस्था कायम गरिए । यद्यपि दोस्रो संविधानसभाद्वारा निर्मित संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, संंघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता केही विषय मात्रा र रुपमा सकारात्मक रहेका छन्, परन्तु गुण र सारतत्वमा सो संविधानले पश्चगामी राज्यसत्ता र वर्गकै संरक्षण गरेको छ । त्यसैले सो संविधानलाई हामीले अस्वीकार गरेको कुरा स्पष्ट नै छ ।

वस्तुतः हामी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि संघीय जनगणतन्त्रको स्थापना गरी समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने उद्देश्यमा आधारित रही नयाँ जनवादी क्रान्तिको तयारी गर्न गइरहेका छौं । यस प्रकारको तयारीका लागि जनताको बिचमा जान, प्रतिगामी राज्यसत्ता, व्यवस्था तथा त्यस प्रकारका प्रतिगामी एवम् दक्षिणपन्थी राजनीतिक तत्वहरुले लिएको गलत राजनीतिको विरोध गर्न, भ्रष्टाचारीहरुलाई दण्डसजाय दिन र जनताको सेवा गर्नका लागि स्थानीय निर्वाचन पनि एउटा उपयुक्त माध्यम हुन सक्ने हामीले देखेका छौं । तसर्थ, हाम्रो पार्टी उक्त उद्देश्यमा सहयोग पु¥याउनका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारहरुलाई मत दिई विजयी बनाउन सम्पूर्ण आदरणीय जनसमुदायसित विशेष अनुरोध गर्दछ ।

मितिः २३ वैशाख २०७४

                                                                                                                                                                                                                                                                                                                                   मोहन बैद्य ‘किरण’
                                                                                                                          अध्यक्ष
                                                                                                         नेकपा (क्रान्तिकारी माओवादी)

Powered by keepvid themefull earn money